सत्य, निष्पक्ष र खोजमुलक समाचार
शनिवार, ५ बैशाख २०८३ / Saturday, 18 April 2026

धुलिखेलमा थपिँदै होटल

प्रकाशित समय: शनिवार, ०९ : ३६ बजे भदौ ३ गते



धुलिखेलमा थपिँदै होटल

नवराज सापकोटा काभ्रे, भाद्र ३ । नयाँ संविधान निमार्ण सँगै काभ्रेका शहरी क्षेत्रका होटल देखि ग्रामिण क्षेत्रका होम स्टेमा पर्यटकह आगमन बढेको छ । होटल तथा होमस्टेमा पर्यटक खचाखच भरिन थालिए पछि होटल स्थापना हुने क्रम बढेको छ ।

यसै क्रममा धुलिखेल र पाँचखालको सिमाना खावा भञ्ज्याङमा नयाँ होटल स्थापना शिल्यान्यास भएको छ । शनिवार एक कार्यक्रमका वीच होटल माउन्ट हिल्टन प्रालिले होटल शिलन्यास गरेको हो । एक सय ८४ रोपनी क्षेत्रफलमा कुल २ अर्ब ६६ करोडको लागतमा होटल निमार्ण हुन लागेको हो ।

विभिन्न प्रयोजनका लागि  होटलमा ३४ भवन बन्ने होटलका अध्यक्ष धु्रर्वप्रसाद घिमिरेले जानकारी दिए । होटल थ्री स्टार स्तरको बन्ने होटलमा एक दिनमा ४ सय जना सम्मलाई सम्म सेवाप्रदान गर्न सकिने घिमिरेले बताए ।

राजधानीबाट छोटो दुरीमा रहेको सुन्दर स्थल खावा होटल संचालनका लागि उपयुक्त देखियो । हामीहरुले बाह्य तथा आन्तरिक पर्यटकलाई मध्य नजर गरेर होटल संचालनमा ल्याउन लागेका हौ–अध्यक्ष घिमिरेले भने । होटल निमार्णमा २२ मुलुकहरुसँग सहकार्यरहेको घिमिरेको भनाई छ । होटल निर्माणका लागि सुमित आवास कम्पनी, सुमित हाड्वर्यर, मास्किटी एशोशियट स्विजरल्याण्ड र होटल माउन्ट हिल्टनको लगानी रहेको छ ।होटलले स्थानियको लागि २५ प्रतिशत रोजगारी दिने बताएको छ । होटलका लागि चार सय कामदारको आवश्यकता पर्ने बताइएको छ । होटल २ वर्षमा निमार्ण सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

होटलको एक कार्यक्रम बिच धुलिखेल नगरपालिका प्रमुख अशोक व्याञ्जूले शिलान्यास गरेका थिए । शिल्यान्यास पछि व्याञ्जूले पर्यटकिय नगरी धुलिखेल लगायत अन्य क्षेत्रमा सुविधा सम्पन्न होटल संचालनमा ल्याउन लागेकाले पर्यटक आगमनमा सहयोग पुग्ने अपेक्षा लिएको बताए ।