एजेन्सी ।जापानको राजधानी टोकियोमा जारि ओलम्पिक अन्तर्गत अहिलेसम्म कुल १ सय १२ स्वर्ण पदकको छिनोफानो भएको छ ।
जसमा रसियन ओलम्पिक टिमसहित कुल ३९ राष्ट्रले स्वर्ण पदक जितेका छन् ।ओलम्पिकको सातौं दिन सकिदा पदक तालिकामा चीन शीर्ष स्थानमा उक्लिएको छ । चीनले १५ स्वर्ण पदकसहित कुल ३१ पदक जितेको छ । दोस्रो स्थानको जापानले १५ स्वर्ण पदकसहित कुल २५ पदक जितेको छ । तेस्रो स्थानको अमेरिकाले १४ स्वर्णसहित कुल ३८ पदक जितेको छ । रसियन ओलम्पिक टिम ८ स्वर्णसहित कुल २८ पदक जितेर चौंथो स्थानमा रहदा अष्ट्रेलिया ८ स्वर्णसहित कुल २० पदक जितेर पाँचौं स्थानमा रहेको छ ।
यस्तै ग्रेट ब्रिटेनले ५ स्वर्ण जित्दा दक्षिण कोरियाले ४ तथा जर्मनी र फ्रान्सले ३/३ स्वर्ण पदक हात पारेका छन् । २ स्वर्ण जित्नेमा इटाली, नेदरल्यान्ड्स, क्यानडा, हंगेरी, स्लोभानिया, क्रोएसिया र कोसोभो रहेका छन् । त्यस्तै १ स्वर्ण जित्ने राष्ट्रको संख्या २३ रहेको छ ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ