काठमाडौं ।राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाहा अलमुताइरीको राजीनामा प्रकरण युवा तथा खेलकुद मन्त्रालयले छानबिन गर्ने भएको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) को हिजो बसेको कार्यसमिति बैठकले प्रशिक्षकको राजीनामा प्रकरणका लागि छानबिन गर्न मन्त्रालयलाई सिफारिस गर्ने निर्णय गरेको छ । प्रशिक्षक अलमुताइरीले एन्फाका वरिष्ठ उपाध्यक्ष नेम्वाङ्गका कारण आफुले पदबाट राजीनामा दिने घोषणा गरेपछि विवाद उत्कर्षमा छ । मुख्य प्रशिक्षकले आफुमाथि संघिन आरोप लगाएपछि वरिष्ठ उपाध्यक्ष नेम्वाङ्गले छानविनको माग गर्दै एन्फामा निवेदन दिनुभएको थियो । बिहिबार मात्र मुख्य प्रशिक्षक अलमुताइरीले वरिष्ठ उपाध्यक्ष र दुई पत्रकारमाथि छानविनको माग गर्दै एन्फामा उजुरी दिनुभएको हो ।
प्रशिक्षकको राजीनामा प्रकरण र वरिष्ठ उपाध्यक्षमाथिको आरोपबारे छलफल गर्न एन्फाले हिजो आकस्मिक कार्यसमितिको बैठक आह्वान गरेको थियो । एन्फा कार्यसमिति बैठकले घटनाको उच्चस्तरीय छानविनका लागि युवा तथा खेलकुद मन्त्रालयलाई सिफारिस गर्ने निर्णय गरेको हो ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ