सत्य, निष्पक्ष र खोजमुलक समाचार
शनिवार, ५ बैशाख २०८३ / Saturday, 18 April 2026

थप ३ हजार १ सय ६ जनामा कोरोना संक्रमण पुष्टि, २३ जनाको मृत्यु 

प्रकाशित समय: शनिवार, ०४ : ५० बजे श्रावण १६ गते



थप ३ हजार १ सय ६ जनामा कोरोना संक्रमण पुष्टि, २३ जनाको मृत्यु 

काठमाडौं, १६ साउन । नेपालमा शनिबार थप ३ हजार १ सय ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ९ हजार २ सय ६३ पिसिआर परिक्षणका क्रममा २ हजार २ सय ८० र ४ हजार २ सय ५६ एन्टीजेन परिक्षणका क्रममा ८२६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

यो संगै नेपालमा ७ लाख ५६ हजार ७३९ जनामा कोरोना पुष्टि भएको छ । त्यस्तै थप २३ जनाको कोरोनाका कारण मृत्यु भएको छ भने हालसम्म नेपालमा ९ हजार ८ सय ५८ को कोरोनाका कारण मृत्यु भएको छ । त्यस्तै थप १ हजार ९ सय १६ संक्रमित कोरोनामुक्त हुँदा हालसम्म नेपालमा ६ लाख ५४ हजार १७७ संक्रमित निको भएका छन् । हाल ३१ हजार ३५५ सक्रिय संक्रमित आइशोलेशनमा र ३८० जना क्वारेन्टाइनमा छन् । हालसम्म नेपालमा ३६ लाख ३ हजार ४ सय ६५ पिसिआर र ३ लाख १८ हजार ३६७ वटा एन्टीजेन परिक्षण गरिएको मन्त्रालयले जनाएको छ ।