काठमाडौँ, १८ साउन । सरकारलाई संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोष (यूएनएफपिए)ले ८०० थान अक्सिजन सिलिण्डर प्रदान गरेको छ । कोभिड–१९ रोकथाम र नियन्त्रणका लागि स्वास्थ्य सेवा विभागअन्तर्गत व्यवस्थापन महाशाखाका निर्देशक डा भीमसिंह टिङ्करीलाई कोषका नेपालस्थित उपप्रतिनिधि डा हसिना बेगमले आज रु एक करोड १९ लाख मूल्य बराबरको ८०० थान अक्सिजन सिलिण्डर हस्तान्तरण गर्नुभएको हो ।
निर्देशक डा टिङ्करीले यसअघि कोभिड–१९ को दोस्रो लहरविरुद्ध सङ्घर्ष गरिरहेको समयमा नेपालले अक्सिजनको ठूलो अभाव भोग्नुपरेको उल्लेख गर्दै कोषले उपलब्ध गराएको अक्सिजन सिलिण्डरले तेस्रो लहरको समाना गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
कोषकी नेपाल प्रतिनिधि लुब्ना बाकीले प्रदान गरिएको अक्सिजन सिलिण्डरले कोभिड–१९ का बिरामीलाई उपचार गर्न सहयोग पुुग्ने बताउँदै महामारीको प्रभाव न्यून गर्न स्वास्थ्यकर्मीको सुरक्षा, लैङ्गिक हिंसा, हानिकारक अभ्यासहरुको सम्बोद्धन र गर्भनिरोधक तथा प्रजनन स्वास्थ्य सामग्रीको आपूर्तिसहित यौन तथा प्रजनन् स्वास्थ्य सेवाको निरन्तरतालाई सुनिश्चित गर्नुपर्नेमा जोड दिनुभयो ।
प्रजनन उमेरका महिला तथा किशोरीको विशेष र निश्चित आवश्यकता सम्बोद्धनका लागि कोषले सङ्घीय, प्रादेशिक, स्थानीय सरकार र साझेदारसँग मिलेर काम गरिरहेको छ । यसअघि कोषले सङ्क्रमण रोकथाम गर्नका लागि नेपाल सरकारको प्रयासलाई मद्दत गर्न सात हजार २४८ थान पिपिइ सेट उपलब्ध गराएको थियो ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ