सत्य, निष्पक्ष र खोजमुलक समाचार
शनिवार, ५ बैशाख २०८३ / Saturday, 18 April 2026

विश्वभर कोरोना सङ्क्रमणपछि निको हुनेको सङ्ख्या १८ करोड नाघ्यो 

प्रकाशित समय: मगलवार, १० : ०३ बजे श्रावण १९ गते



विश्वभर कोरोना सङ्क्रमणपछि निको हुनेको सङ्ख्या १८ करोड नाघ्यो 

एजेन्सी । विश्वभर कोरोना सङ्क्रमणपछि निको हुनेको सङ्ख्या १८ करोड नाघेको छ । कोरोना सम्बन्धी तथ्याङ्क अद्यावधिक गर्दै आएको वल्र्ड मिटरका अनुसार गत २४ घन्टामा विश्वभर ३ लाख ९१ हजार ५ सय ९९ जना स्वस्थ भएका छन् । योसँगै विश्वभर कोरोना सङ्क्रमणपछि निको हुनेको सङ्ख्या १८ करोड १३ हजार ६ सय ४३ पुगेको छ ।

यस्तै, गत २४ घन्टामा विश्वभर थप ४ लाख ७४ हजार ४ सय ८९ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । थपिएका नयाँ सङ्क्रमित हुनेमा सबैभन्दा धेरै अमेरिकामा ५६ हजार ३ सय ६९ रहेका छन् । यस्तै ईरानमा ३७ हजार १ सय ८९, भारतमा ३० हजार ३१, रुसमा २३ हजार ५ सय ८, टर्कीमा २२ हजार ८ सय ९८, इन्डोनेशियामा २२ हजार ४ सय ४ र बेलायतमा २१ हजार ९ सय ५२ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । योसँगै विश्वभर कोरोनाका कारण सङ्क्रमित हुनेको संख्या १९ करोड ९५ लाख ६० हजार ५ सय १७ पुगेको छ ।

यस्तै गत २४ घन्टामा विश्वभर ७ हजार ६ सय ४९ जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ । गत २४ घन्टामा सबैभन्दा धेरै इन्डोनेशियामा १ हजार ५ सय ६८ जनाको मृत्यु भएको छ । यस्तै रुसमा ७ सय ८५, ब्राजिलमा ४ सय ७३, भारतमा ४ सय २०, ईरानमा ४ सय ११ जनाको मृत्यु भएको छ । योसँगै विश्वभर कोरोनाका कारण मृत्यु हुनेको संख्या ४२ लाख ४८ हजार २३ पुगेको छ ।