काठमाडौँ।विश्व खेलकुदको कुम्भमेला ३२ औँ गृष्मकालीन ओलम्पिक जापानमा जारी छ ।
अहिले सम्म ३ सय २७ स्वर्ण पदकको छिनोफानो भएको छ । जसमा रसियन ओलम्पिक टिमसहित कुल ६५ राष्ट्रले स्वर्ण पदक जितेका छन् । चीनले ३८ स्वर्ण पदकसहित पहिलो स्थानमा छ भने अमेरिका ३६ स्वर्ण पदकसहित दोस्रो स्थानमा रहेको छ । तेस्रो स्थानमा रहेको जापानले २७ स्वर्ण पदक जितेको छ । यसैबिच ओलम्पिकमा भारतले पहिलो पटक स्वर्ण पदक जितेको छ ।भारतका नीरज चोपडाले हिजोे ज्याभलिन थ्रोमा ८७.५८ मिटर फाल्दै स्वर्ण पदक जित्नुभएको हो । भारतले ट्रयाक एन्ड फिल्डमा १ सय २१ वर्षपछि पदक जितेको छ ।
जारी ओलम्पिकमा अमेरिकाको पुरुष बास्केटबल टिमले भने लगातार चौथो पटक स्वर्ण पदक जितेको छ । फाइनलमा फ्रान्सलाई पराजित गर्दै अमेरिकाले स्वर्ण जितेको हो ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ