ललितपुर १७ भदौ। ठैव शाखाको ग्रेडिङ कार्यक्रम सम्पन्न भएको छ । आइ डब्लु एफ एनका केन्द्रीय सदस्य एवं वरिष्ठ प्रशिक्षक पाँचौं डान बुद्ध राज नेगीको अध्यक्षतामा ग्रेडिङ कार्यक्रम सम्पन्न भएको हो । ब्लु वर्ड स्कूलको प्राङ्गणमा भएको कार्यक्रमको प्रमुख आथित्यता त्यसै स्कुलका भाइस प्रिन्सिपल चन्द्रशेखर सापकोटाले गर्नुभएको थियो ।
कार्यक्रममा टेक्निकल कमिटीका अध्यक्ष एवं वरिष्ठ प्रशिक्षक चिन लामा, ललितपुर जिल्ला शाखाका अध्यक्ष प्रविन स्याङ्तान, उपाध्यक्ष हरि पहरी, प्रशिक्षक प्रवेश लामा लगायतको उपस्थिति रहेको थियो । उक्त कार्यक्रममा २५ जना खेलाडी हरुलाई बेल्ट टेष्ट गरिएको थियो । बेल्ट टेस्टमा उत्तीर्ण खेलाडीहरुलाई प्रमुख अतिथि बिशेष अतिथिहरुको हातबाट बेल्ट कार्ड र प्रमाणपत्र वितरण गरी कार्यक्रम समापन गरिएको थियो ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ