सत्य, निष्पक्ष र खोजमुलक समाचार
शनिवार, ५ बैशाख २०८३ / Saturday, 18 April 2026

नव दुर्गाको नेतृत्व यज्ञलाई

प्रकाशित समय: आइतवार, ०८ : ३७ बजे भदौ १८ गते



नव दुर्गाको नेतृत्व यज्ञलाई

नवराज सापकोटा काभ्रे ÷पनौती ९ मा रहेको नवदुर्गा बचत तथा ऋण सहकारी संस्थाको नेतृत्व पुनः यज्ञ हुमागाईले नै पाएका छन् । शनिवार गरिवी निवारण तथा सहकारी राज्य मन्त्री चम्पादेवी खड्काको प्रमुख अतिथ्यतामा भएको १४ औं वार्षिक साधारण सभाले नेतृत्व हुमागाईलाई दिएको हो ।

कार्यक्रमका प्रमुख अतिथि राज्यमन्त्रि खड्काले राज्यको अर्थतन्त्रमा सहकारीको भूमिकाको विषयमा चर्चा गरेकी थिइन । सहकारी भित्र पनि विभिन्न विकृति रहेको बताउँदै त्यस्ता विकृतिहरु सहकारी ऐन जारी भई कार्यान्वयन भए पश्चात अन्त्य हुने बताएकी थिइन । सहकारीको विस्तार पश्चात बेरोजगारी नियन्त्रणमा पनि सहकारीको भूमिका उल्लेखनिय रहेको उनको तर्क थियो ।

कार्यक्रम विशिष्ट अतिथि समेत रहेका सभासद रामहरि सुवेदीले आर्थिक संमृद्धिमा सहकारीले भूमिका खेल्नसक्नु पर्ने विचार व्यक्त गरेका थिए ।  नेपाल बार एसोसियसन नेपालकाका पूर्व अध्यक्ष रमेश प्रसाद हुमागाईले सहकारीता मार्फत समाजको आर्थिक लगायत चौतर्फी विकासमा सहयोग पु¥याउनुपर्ने बताएका थिए । कार्यक्रममा नेपाली काग्रेस नगर सभापति रामशरण भण्डारी, जिल्ला बचत संघका प्रमुख सल्लाहाकार शम्भुलाल श्रेष्ठ, पत्रकार महासंघका पूर्व अध्यक्ष नारायण सापकोटा, एकीकृत सहकारी संस्थाका अध्यक्ष राजकुमार तिमल्सिना,सामुदायिक सहकारीका प्रताप तम्राकार नेफ्स्कुनका  पूर्व कोषध्यक्ष दीपक थापा,ज्योति मिर्मिरेका अध्यक्ष उद्धव सापकोटा, उद्यम विकासका रोसन श्रेष्ठ, इन्द्रेश्वर सहकारीका हरिभक्त कर्मचार्य, गौरी शंकर सहकारीका योगमाया आचार्य पनौती बसपार्क खानेपानीका अध्यक्ष लक्ष्मीनाराण ताम्राकार लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

पनौती आसपासका ५ ओटा सहकारी समायोजन भएको सहकारीमा ३ हजार १ सय ७६ रहेको सभामा जानकारी गराइएको थियो । सभामा अध्यक्षको प्रतिवेदन संस्थाको अध्यक्ष यज्ञ प्रसाद हुमागाईले प्रस्तुत गर्नभएको थियो । सरस्वती तिमल्सिनाले सचिवको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । भने कोषध्यक्ष विदुर हुमागाईले कोषध्यक्षको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । प्रतिवेदनमा संस्थाको कुल पुँजी १३ करोड ३३ लाख रुपैया रहेको र १७ लाख ११ हजार ४० हजार खुद नाफा रहेको जानकारी गराइएको थियो ।चुनावी साधारणसभा समेत रहेको कार्यक्रमले आगामी ३ वर्षका लागि नयाँ कार्य समिति निमार्ण भएको छ । यज्ञ हुमागाईको अध्यक्षतामा १३ सदस्य संचालक समिति निर्वाचित गरिएको छ । जसको उपाध्यक्षमा इन्द्र प्रसाद हुमागाई, सचिव सरस्वती तिमल्सिना, कोषाध्यक्ष मकुन्द धिताल र सदस्यहरुमा हरिनारायण श्रेष्ठ,हिरालाल आचार्य,पार्वती भण्डारी,नवराज हुमागाई,मिना रघुश्रेष्ठ,अकुर प्रसाद सापकोटा, हरिराम कुँवर,कृष्ण दास विजुक्छे रहेका छन। सभावबाट नै उपेन्द्र प्रसाद हुमागाईको अध्यक्षतामा नवदुर्गा सहकारी संरक्षण क्लब निमार्ण गरिएको छ । त्यसै गरी विदुर हुमागाईको संयोजकत्वमा ३ सदस्यीय लेखा समिति निमार्ण गरिएको छ । भने सभावाट ऋण तथा शिक्षा उपसमिति पनि गठन गरिएको छ  ।