काठमाडौँ, २७ साउन।सरकारले परीक्षामा सहभागी हुने विद्यार्थीलाई प्रवेशपत्रका आधारमा कोरोनाविरुद्धको खोप दिने निर्णय गरेको छ ।
मन्त्रालयले प्रवेशपत्रका आधारमा परीक्षार्थीलाई खोप दिने निर्णय गरेको खोप महाशाखाका प्रमुख डा. झलक शर्मा गौतमले जानकारी दिए ।अब विद्यार्थीले प्रवेशपत्रका आधारमा काठमाडौं जिल्लाका तीन स्थानबाट कोरोनाविरुद्धको खोप पाउने भएका छन् । वीरेन्द्र सैनिक अस्पताल, नेपाल प्रहरी अस्पताल पानीपोखरी, शसस्त्र प्रहरी बल बलम्बु अस्पतालबाट परीक्षामा सहभागी विद्यार्थीमा कोरोना संक्रमणको जोखिम बढ्नुका साथै मनोवैज्ञानिक त्रास उत्पन्न भएको भन्दै संयुक्त विद्यार्थी संगठनले सोमबार स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठसँग खोपको व्यवस्था गर्न संयुक्त रुपमा विद्यार्थी संगठनले माग गरेका थिए ।
त्रिविले अहिले स्नातक र स्नातकोत्तर तहको परीक्षा सञ्चालन गरिरहेको छ ।मन्त्रालयका अनुसार त्रिविले सञ्चालन गर्ने परीक्षामा करिब ६० हजार विद्यार्थी रहेको अनुमान गरेको छ ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ