काठमाडाैं, २८ साउन ।नेपालमा बिहीबार थप ३ हजार २ सय ६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
देशभर गरिएको १० हजार ८ सय ६ वटा पिसिआर परिक्षणका क्रममा २ हजार ४ सय ७३ र ४ हजार ६ सय ५६ एन्टीजेन परिक्षणका क्रममा ७८७ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ७ लाख ९८ हजार ६ सय ५१ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप ३२ जनाको मृत्यु भएको छ । योसंगै नेपालमा १० हजार २ सय १२ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् । त्यस्तै थप २ हजार २ सय ९४ संक्रमित कोरोनामुक्त हुँदा हालसम्म नेपालमा ६ लाख ७७ हजार ३७७ जना कोरोनामुक्त भएका छन् ।
हाल नेपालमा ३८ हजार १ सय ८० जना सक्रिय संक्रमित आइशोलेशन र ४४१ जना क्वारेन्टाइनमा छन् । हालसम्म नेपालमा ३७ लाख २९ हजार १०९ वटा पिसिआर र ३ लाख ८० हजार ५५ वटा एन्टीजेन परिक्षण गरिएको मन्त्रालयले जनाएको छ ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ