काठमाडौं ,२० भाद्र । आइ डब्लु एफ को अन्तर विद्यालय स्तरीय कराते प्रतियोगिता सम्पन्न भएको छ। प्रतियोगिता ग्लोवल भिजन स्कोलर एकेडेमी डोजोको आयोजनामा सम्पन्न भएको हो । महिला र पुरुष गरी जम्मा १३ स्वर्णको लागि भएको प्रतिस्पर्धामा विद्यासागर आवासीय मावि गोदावरीले ६ स्वर्ण ४ रजत ३ कास्य सहित टिम च्याम्पियनसीप हात पार्यो । त्यसैगरी ब्लु वर्ड स्कुल ठैवले ४ स्वर्ण ४ रजत २ कास्यपदक सहित दोस्रो भयो। आयोजक ग्लोवल भिजन स्कोलर एकेडेमी ३ स्वर्ण ३ रजत ४ कास्य पदक सहित तेस्रो भएको हो । उपत्यकाभित्रका नौ वटा विद्यालयहरुबाट महिला र पुरुष गरी १४५ प्रतियोगी खेलाडीहरूले सहभागिता जनाएका थिए । प्रतियोगितामा आयोजकका अस्मित पुनमगर पुरुषतर्फ र महिलातर्फ ब्लु वर्ड स्कुल कि नानु तामाङ उत्कृष्ट खेलाडी घोषणा भए। प्रतियोगिता जित्ने सम्पूर्ण खेलाडीहरुलाई आइ डब्लु एफ एन कराँते सङ्घका केन्द्रीय अध्यक्ष लक्ष्मण लम्साल केन्द्रीय सदस्य एवं वरिष्ठ प्रशिक्षक बुद्धराज नेगि,चिन लामा संघका ललितपुर जिल्ला अध्यक्ष प्रविण स्याङ्तान, नागार्जुन शाखाका अध्यक्ष शंकरदेव लामा लगायत प्रमुख अतिथि अतिथि प्रशिक्षकहरुबाट मेडल ट्रफि र प्रमाण-पत्र वितरण गरी कार्यक्रम समापन गरिएको थियो । आइ डब्लु एफ एन कराते संघले संघ गठन भएसँगै विभिन्न शाखामा प्रतियोगिता आयोजना गर्दै आइरहेको छ ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ