काठमाडौँ।गीतकार तथा समाज सेवी दिलिप योन्जन तामाङद्घारा लिखित “उठ्नुपर्छ उठाउनुपर्छ हामी तामाङ एक हुनु पर्छ” बोलको गीत सार्वजनिक भएको छ । तामाङ जातीको जागरण सम्वन्धि भाव समेटिएको उक्त गीतले एकताबद्घ भएर आफ्नो हक हीत र अधिकारको निम्ति अघि बढ्न सम्पूर्ण तामाङ समुदायलाई सांगीतिक सिर्जना मार्फत पुनः एक पटक झकझक्याएको छ ।
श्रीमती लक्ष्मी गुरुङ तामाङले निर्माण गरेको उक्त गीतमा संगीत राजेश थापाले दिएका हुन् भने गायिका निर्मला घिसिङ र गायक फुल कुमार बमजनले स्वर दिएका छन् ।पवन वाङ लामाको एरेन्ज रहेको उक्त गीत ए वान म्युजिसियन स्टुडियोमा रेकर्ड भएको हो भने एकान्त मगरले भिडियो छायांकन तथा सम्पादन गरेका हुन् ।अमेरिकामा रहेर विगत लामो समयदेखि नेपाली गीत संगीत र सामाजिक सेवाका कार्यहरुमा सकृय गीतकार तामाङको यस अघि नै गाउँबेसीमा फुलै फुल्यो, अन्जानमै माया बस्ला है, आफ्नै छायाले आदि गीतहरु चर्चित छन् । उनका विभिन्न एकल सांगीतिक एल्बमहरु तथा गीत, कविता र मुक्तक संग्रहहरु प्रकाशित छन् ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ