सिन्धुपाल्चोक, फुटभलिसंघ खेललाई प्राेत्साहन गर्न सिन्धुपाल्चोक फुटभलिसंघ गठन भएकाे छ । काठमाडौंमा अायाेजित कार्यक्रममा बबिन बुढाथोकीकाे अध्यक्षतामा सिन्धुपाल्चोक फुटभलिसंघ गठन भएको हाे । सिन्धुपाल्चोकमा फुटभलिसंघमा अाबद्द खेलाडीहरुलाई प्राेत्साहन गर्नका साथै पर्यटन प्रबर्द्धन गर्नका लागि याे संघकाे स्थापना गरिएको अध्यक्ष बुढाथोकीले बताउनुभयाे ।
फुटभलिसंघकाे विकासमा अाफु सधैं तयार रहेको र यसकाे विकासमा अाफु सधैं तत्पर रहेकाे उहाँले प्रतिबद्धता जनाउनुभयाे ।संघमा उपाध्यक्ष माेहन तामाङ, सन्ताेष भट्टराई महासचिव ,प्रेमकुमार श्रेष्ठ सचिव ,कमल कक्षपति काेषाध्यक्ष,सदस्यहरुमा शाेभा जिसि,मुरारी कार्की, निश्चल गिरि र विक्रम थापा छन् ।
कार्यक्रममा बाेल्दै फुटभलिसंका केन्द्रीय उपाध्यक्ष रामविक्रम थापाले पर्यटन प्रबर्द्धन गर्ने उद्देश्यले ब्राजिलबाट विकास भएको फुटभलि युराेप हुदै दक्षिण एसियाकाे नेपालमा नि सुरुवात भएको बताउनुभएको छ । ३ जना खेलाडी मिलेर खेलिने याे खेल पर्यटन प्रबर्द्धनका लागि ब्राजिलबाट सुरु भएतापनि यसकाे लाेकप्रियता विश्वभर फैलिएको थापाले जानकारी दिनुभयो ।
खेलकुद परिषदका काेषाध्यक्ष तथा अाेलम्पियन खेलाडी सुरेन्द्र हमालले खेलले राष्ट्रकाे पहिचान दिने बताउनुभयाे ।खेलाडीले जति सम्मान राष्ट्र प्रमुखले पनि नपाउने हुदाँ खेलकुद लाेकप्रिय हुदै गएकाे हमालकाे भनाइ थियाे । त्यस्तै कार्यक्रममा बाेल्दै सुनकाेसी गाउँपालिकाका अध्यक्ष विनाेद जिसीले राम्रो खेलाडी बन्न सके विश्वले अाफै चिन्ने बताउनुभयाे ।
मेसी, राेनाल्डाेकाे उदाहरण दिदै जिसिले देश थाहा नभएपनि खेलाडी विश्वभर चर्चित रहने हुदा खेलाडी राष्ट्रकाे शान हुने बताउनुभयाे । राफ्टिङ संघ सिन्धुपाल्चोकका अध्यक्ष फापाङ लामाले खेलकुदले मनाेरञ्जनका साथसाथै मानिसलाइ स्वस्थ्य राख्ने हुदाँ खेलकुदकाे विकासमा सबै लाग्नुपर्ने बताउनुभएको छ ।
राफ्टिङका साथसाथै फुटभलि खेललाई पनि जिल्लामा स्थापित गर्न अाफु सधैं लागिपर्ने लामाले प्रतिबद्धता व्यक्त गर्नुभयो । जिल्ला खेलकुद समितिका उपाध्यक्ष नवराज भट्टराईले अन्य खेलका साथसाथै फुटभलि खेलकाे विकासमा जिल्ला खेलकुद समिति सधैं लागिपर्ने बताउनुभयाे ।
साे कार्यक्रममा काठमाडौंमा केही समय अघि अायाेजित फुटभलि प्रतियोगितामा सिन्धुपाल्चोकबाट सहभागी भई सेमिफाइनल पुगेका खेलाडीहरुलाई सम्मान गरिएको थियाे ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ