कठिन परिस्थिति सामना गर्दै रिलिजको तयारीमा ‘एक’ देश कोरोना भाइरसको चपेटामा परेको छ । सिनेमा हलहरु बर्षौदेखी बन्द छन् । निर्माण सम्पन्न भएका धेरै चलचित्रहरु प्रदर्शन हुन सकेका छैन्न । यस विषम परिस्थितिमा नेपाली चलचित्र ‘एक’ डिजिटल रिलिजको तयारी गरिएको छ ।
देश अत्यन्त कठिन र अस्पष्ट राजनीतिक घटनाक्रमबाट गुज्रिरहेको अवस्थामा ‘एक’ नामक चलचित्रको निर्माण गरेर राजनीतिक सम्बाद गर्न तम्सिएका लेखक ÷निर्देशक मनोज पण्डित आफ्नो सातौ चलचित्रलाइ ‘स्पाइ थ्रिलर’ जनराको सिनेमा मान्दछन ।
ग्रेटर नेपाल ,दासढुंगा ,बधशाला जस्ता चर्चित राजनैतिक सिनेमा बनाइसकेका मनोज पण्डित यसपाली मधेष मुद्धामा केन्द्रित छन् ।
‘एक’ त्यस्तो मिसनको कथा हो जहाँ देश बिरुध्द भैरहेको षड्यन्त्रलाइ चुनौती दिन ‘सी एस आइ’ नामक जासुसी संस्थाको इन्टेलिजेन्ट अफिसरले गरेको संघर्ष प्रस्तुत भएको छ । उक्त अफिसरको भूमिकामा बिशाल पोख्रेलले अभिनय गर्नु भएको छ ।
टेलिभिजनको पर्दामा धेरै काम गरिसकेका बिशाल आफ्नो करियरको दोश्रो इनिङ्गको चलचित्र मान्दछन यसलाई । एक्शन फिल्म भएको कारण नृत्यको ब्याक ग्राउन्डबाट आएका विशालले आफुलाई तयार पार्न धेरै संघर्ष र समय लागेको बताउदछन । चलचित्रको एक्शन निर्देशन प्रमोद खड्काले गरेका हुन् ।
त्यस्तै चलचित्रका अर्का कलाकार प्रमोद अग्रहरी हुन । ‘एक’ ले प्रमोद अग्रहरीलाई अत्यन्त शक्तिशाली पर्फमरको रुपमा स्थापित गर्ने निर्देशक मनोज पण्डितको दाबी छ । चलचित्र ‘एक’ मा बाल कलाकारको रुपमा बिश्वंत पोख्रेल रहेका छन् ।
मधेशदेखि डोल्पासम्म छायांकन गरिएको ‘एक’ को छायांकन दिपक बज्राचार्यले गरेका हुन् भने सम्पादन भरत रेग्मीले गरेका हुन् । स्क्रिप्ट फ्याक्ट्री प्रा.ली को ब्यानरमा बनेको चलचित्रको निर्माता आत्मा गुरागाईं र सोफिया थापा हुनु । चलचित्र एक असोज २१ घटस्थापनाको दिन देखि देखि डिजिटल प्लेटफर्महरुमा प्रदर्शन हुदैछ ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ