सत्य, निष्पक्ष र खोजमुलक समाचार
शनिवार, ५ बैशाख २०८३ / Saturday, 18 April 2026

विद्यार्थीहरुले पाए कोरोनाविरुद्धको खोप

प्रकाशित समय: शुक्रवार, ०१ : ४६ बजे भदौ ४ गते



विद्यार्थीहरुले पाए कोरोनाविरुद्धको खोप

काठमाडौं । सरकारले आजदेखि काठमाडौँ उपत्यकामा कक्षा ११ र १२ का विद्यार्थीलाई कोरोनाविरुद्धको खोप लगाउन सुरु गरेको छ । उनीहरुलाई आजदेखि चिनियाँ कम्पनीको भेरोसेल खोपको पहिलो मात्रा लगाउन शुरु गरिएको हो ।

 

काठमाडौंका खोप केन्द्रहरुमा खोप लगाउनेहरुको लामो लाइन देखिन्छ । यो खोप लगाउने अभियान भदौ ४ गतेदेखि ६ गतेसम्म सन्चालन हुने छ । बिहान १० बजेखि साँझ ५ बजेसम्म काठमाडौं महानगरपालिकाका सबै वडाबाट खोप लगाइने छ । १८ वर्षभन्दा माथिका प्लस टु अध्ययनरत र विश्वविद्यालय तहको परीक्षाको प्रवेश पत्र लिएका विद्यार्थीहरुलाई खोप दिइने बताए ।खोप लगाउन परीक्षाको प्रवेशपत्र र उमेर खुल्ने कागजात देखाउनु पर्ने छ ।