सत्य, निष्पक्ष र खोजमुलक समाचार
शनिवार, ५ बैशाख २०८३ / Saturday, 18 April 2026

कलाकार शम्भुराज थापा ‘बखते’को निधन

प्रकाशित समय: शनिवार, १० : ३१ बजे भदौ ५ गते



कलाकार शम्भुराज थापा ‘बखते’को निधन

काठमाडौं । वरिष्ठ हाँस्य कलाकार शम्भुराज थापा ‘बखते’को निधन भएको छ। कोरोना संक्रमण भएर लामो समयदेखि उपचाररत थापाको शनिबार विहान ४ः४० बजे पाटन अस्पतालमा निधन भएको जीवन थापाले जानकारी दिएका छन।

अस्पतालमा उपचारकै क्रममा उनको निधन भएको हो। ६४ वर्षे थापाले टेलिफिल्म हल्का रमाइलो, गोलमाल, भद्रगोल, मह सन्चार, मेरीबास्सैमा अभिनय गरेका थिए। केही ठूला पर्दाका​चलचित्र र विज्ञापनमा पनि उनी देखिँदै आएका थिए। थापाका श्रीमती, एक छोरो र एक छोरी छन्।