काठमाडौँ।जापान सरकारले अनुदानमा प्रदान गरेको खोप २ लाख ८ हजार सात सय खोप आज काठमाडौँ आइपुगेको छ । जापानले नेपाललाई पठाएको १६ लाख १४ हजार सात सय ४० मात्रा अष्ट्राजेनेका खोप मध्ये यसअघि ९ लाख खोप साउनको २३ र २४ मा नेपाल आएको थियो ।
बाँकी खोप भने आइतबार र सोमबार काठमाडौँ आउने जापानी दूतावासले जनाएको छ । नेपालका लागि जापानी राजदूत किकुता युताकाले नेपाललाई कोभ्याक्स अन्तर्गत महामारी नियन्त्रणका लागि खोप प्रदान गरेको बताए ।उक्त खोप कोभिशिल्ड खोपको पहिलो मात्रा लिएर दोस्रो खोपको प्रतिक्षामा रहेका साथै ६५ वर्ष र सोभन्दा माथिको उमेर समूह तथा वैदेशिक रोजगारी, अध्ययन र अन्य कारणले विदेश जाने, मिर्गौला डायलाईसिस गर्नुपर्ने तथा अङ्ग प्रत्यारोपण गरेका र क्यान्सरका बिरामी गरि १४लाख व्यक्तिका लागि वितरण भैरहेको छ ।
जापानले कोभिड–१९ महामारी नियन्त्रणका लागि कोलिशन फर इपिडेमिक प्रिपियर्डनेस इनोभेसन्स (सेपि), गाभी– विश्वव्यापी खोप सहकार्य, संयुक्त राष्ट्रसंघीय बालकोष र विश्वस्वास्थ्य संगठनसँग काम गर्दै आएको छ ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ