काठमाडौं, ७ भदौ ।नेपाल क्रिकेट सङ्घले राष्ट्रिय महिला क्रिकेट टिमको प्रारम्भिक चरणको बन्द प्रशिक्षणमा २४ खेलाडी छनोट गरेको छ ।
विश्वकप छनोटमा सहभागी हुने राष्ट्रिय टिमका लागि क्यानले २४ खेलाडीलाई प्रारम्भिक रुपमा बन्द प्रशिक्षणका लागि छनोट गरेको हो । क्यानका सचिव अशोकनाथ प्याकुरेलका अनुसार बन्द प्रशिक्षणमा रुबिना क्षेत्री सहित काजोल श्रेष्ठ, इन्दु बर्मा, अप्सरी बेगम, रोमा थापा, सबनम राई, सङ्गिता राई, सरस्वती चौधरी लगायत रहेका छन् । बन्द प्रशिक्षणबाट राष्ट्रिय टिममा आउने खेलाडीले टी–ट्वान्टी विश्वकपको एसिया छनोट खेल्नेछन् । प्रतियोगिता नोभेम्बरमा मलेसियामा सञ्चालन हुने बताईएको छ ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ