काठमाडौँ, ७ भदौ।नेपालमा सोमबार थप १ हजार ८ सय १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
देशभर गरिएको ८ हजार ७ सय ४ पिसिआर परिक्षणका क्रममा १ हजार ५ सय ४८ र २ हजार ६ सय २२ एन्टीजेन परिक्षणका क्रममा २५३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो संगै नेपालका कोरोना संक्रमितको संख्या ८ लाख २९ हजार ४ सय ४३ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप २४ जनाको मृत्यु भएको छ । यो संगै नेपालमा १० हजार ५ सय ३३ जनाको कोरोनाका कारण मृत्यु भएको छ । त्यस्तै थप १ हजार ९ सय २४ संक्रमित कोरोनामुक्त हुँदा हालसम्म नेपालमा ७ लाख ९ सय ८१ जना संक्रमणमुक्त भएका छन् ।
हाल नेपालमा ३८ हजार ३५१ सक्रिय संक्रमित आइशोलेशन र ३९३ जना क्वारेन्टाइनमा छन् । हालसम्म नेपालमा ३८ लाख ३९ हजार ३९५ वटा पिसिआर र ४ लाख ३५ हजार १७७ वटा एन्टीजेन परिक्षण गरिएको मन्त्रालयले जनाएको छ ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ