काठमाडौं, ८ भदौ।भारतसँग हुने मैत्रीपूर्ण खेलको लागि राष्ट्रिय फुटबल टोलीको घोषणा भएको छ । मंगलबार अखिल नेपाल फुटबल संघ (एन्फा)ले भारतसँग हुने २ मैत्रीपूर्ण खेलका लागि २५ सदस्यीय टोली घोषणा गरेको हो ।
प्रशिक्षक अब्दुल्लाह अल्मुताईरीले गरेको घोषित टोलीमा युवा स्ट्राइकर अभिषेक रिजालले स्थान बनाउन सकेनन् । यस्तै अन्तिम २८ बाट गोलरक्षक अर्पण कार्की र शिशिर लेखी पनि बाहिर रहे । अर्पण र शिशिरले हालसम्म राष्ट्रिय टोलीमा स्थान बनाउन सकेका छैनन् ।
यस्तै डिफेण्डर राजन गुरुङ र मिडफिल्डर नितिन थापाले पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाएका छन् । यता, अभिषेक रिजाल भने प्रशिक्षक योहान कालिनले मलेसियाविरुद्ध डेब्यू गराएपछि पहिलो पटक राष्ट्रिय टोली बाहिर रहेका हुन् ।
यसपटक सुजल श्रेष्ठ टोलीमा आगमन गरेका छन् । यसअघि उनि चोटका कारण टोली बाहिर रहेका थिए । नेपालले भदौ १७ र २० गते भारतीय राष्ट्रिय टोलीसँग दशरथ रंगशालामा दुई मैत्रीपूर्ण खेल खेल्नेछ ।
२५ सदस्यीय टिम
गोलरक्षक: किरण कुमार लिम्बु, दिप कार्की, विशाल श्रेष्ठ, विकेश कुथु ।
डिफेण्डर: अनन्त तामाङ, दिनेश राजबंशी, गौतम श्रेष्ठ, राजन गुरुङ, रोहित चन्द, सुमन अर्याल ।
मिडफिल्डर: आयुष घलान, अन्जन विष्ट, बिशाल राई, कमल थापा, मनिष डांगी, नितिन थापा, पुजन उपर्काेटी, सन्तोष तामाङ, सुजन श्रेष्ठ, सुनिल बल, सुरज जिउ ठकुरी, तेज तामाङ ।
स्ट्राइकर: आशिष लामा, नवयुग श्रेष्ठ, सुमन लामा ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ