गण्डकी, ८ भदौ।गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा ६५४ व्यक्ति कोरोना सङ्क्रमणमुक्त भएका छन् । यस अवधिमा प्रदेशमा कोरोना सङ्क्रमण हुनेको सङ्ख्या ३७४ पुगेको छ भने चार जनाको सङ्क्रमणका कारण मृत्यु भएको छ ।
मृत्यु हुनेमा तीन जना स्याङ्जाका र एक जना कास्कीका रहेका स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेश आपत्कालीन कार्य सञ्चालन केन्द्रका संयोजक नवराज शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार मृत्यु हुनेमा स्याङ्जाको वालिङ नगरपालिका–८ का ७२ वर्षीया वृद्धा, भिरकोट नगरपालिका–३ का ७५ वर्षीया वृद्धा र आँधीखोला गाउँपालिका–५ का ५९ वर्षीया महिला हुनुहुन्छ ।
त्यस्तै कास्कीको पोखरा महानगरपालिका–१० का ७९ वर्षीय पुरुषको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ । यीसँगै प्रदेशमा कोरोना सङ्क्रमण भई मृत्यु हुनेको सङ्ख्या एक हजार २४७ पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ