सत्य, निष्पक्ष र खोजमुलक समाचार
शनिवार, ५ बैशाख २०८३ / Saturday, 18 April 2026

महिला फुटबलको राष्ट्रिय टिममा एउटै जिल्लाका नौजना खेलाडी

प्रकाशित समय: बुधवार, ०७ : ५० बजे भदौ ९ गते



महिला फुटबलको राष्ट्रिय टिममा एउटै जिल्लाका नौजना खेलाडी

रौतहट, ९ भदौ ।लामो समयदेखि महिला फुटबलमा योगदान दिँदै आएको रौतहट जिल्लाले यसपटक पनि राष्ट्रिय टिममा नौजना खेलाडी योगदान गरेको छ । अखिल नेपाल फुटबल संघ (एन्फा), महिला फुटबल विभागकाअनुसार रौतहटका मात्रै नौजना खेलाडी राष्ट्रिय टिममा परेका हुन ।

 

जसअनुसार पुनम जर्घा मगर, रेनुका नगरकोटी, सविता रानामगर, रजनी ठोकर, रस्मी घिसिङ, अन्जना रानामगर, मन्जली योन्जन, अनिता केसी र निसा ठोकर एन्फा राष्ट्रिय टिममा पर्न सफल भएका छन् ।स्वर्गीय शेरबहादुर दर्लामीले आफ्नो प्रयासमा सुरु गरेको महिला फुटबलको प्रशिक्षणमा रहेका अधिकांस खेलाडी राष्ट्रिय टिममा परेका हुन् ।चन्द्रपुर नगरपालिका–चन्द्रनिगाहपुरका फुटबल प्रशिक्षक नुरराज काफ्लेकाअनुसार राष्ट्रिय टिममा विभिन्न विभागीय टोलीसहित २३ जनाले खेल्न पाउनेमा रौतहटबाट मात्र नौजना छनौट हुनु गर्वको विषय भएको प्रतिक्रिया दिए । 

 

रौतहट सबैभन्दा बढी महिला फुटबलर उत्पादन गर्ने जिल्लाको रुपमा प्रख्यात छ ।