सत्य, निष्पक्ष र खोजमुलक समाचार
शनिवार, ५ बैशाख २०८३ / Saturday, 18 April 2026

थप २,४३३ जनामा कोरोना संक्रमण पुष्टि, २६ जनाको मृत्यु

प्रकाशित समय: बिहिवार, ०५ : २३ बजे भदौ १० गते



थप २,४३३ जनामा कोरोना संक्रमण पुष्टि, २६ जनाको मृत्यु

काठमाडौं, १० भदौ।नेपालमा बिहीबार थप दुई हजार ४ सय ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

 

देशभर गरिएको ९ हजार ७ सय २ पिसिआर परिक्षणका क्रममा २ हजार ५२ र ४ हजार ६ सय ७२ एन्टीजेन परिक्षणका क्रममा ३ सय ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ८ लाख ३६ हजार ८८३ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप २६ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा १० हजार ६ सय ३८ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् ।

त्यस्तै थप १ हजार ९ सय २९ संक्रमित कोरोनामुक्त हुँदा हालसम्म नेपालमा ७ लाख ५ हजार ८ सय ९३ संक्रमित कोरोनामुक्त भएका छन् । हालसम्म नेपालमा ३८ लाख ६८ हजार ७ सय १७ पिसिआर र ४ लाख ५० हजार ३२९ वटा एन्टीजेन परिक्षण गरिएको मन्त्रालयले जनाएको छ ।