काठमाडौं, ११ भदौ।नेपालमा शुक्रबार थप दुई हजार ६५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
देशभ गरिएको ८ हजार ७ सय ५२ पिसिआर परिक्षणका क्रममा १ हजार ५ सय ७७ र ४ हजार ३ सय ६५ एन्टीजेन परिक्षणका क्रममा ४ सय ८८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ८ लाख ३८ हजार ९४८ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप २५ जनाको मृत्यु भएको छ भने हालसम्म नेपालमा १० हजार ६६३ जनाको कोरोनाका कारण मृत्यु भएको छ । त्यस्तै थप २ हजार ३ सय ३७ संक्रमित कोरोनामुक्त हुँदा हालसम्म नेपालमा ७ लाख ८ हजार २ सय ३० जना निको भएका छन् । हाल नेपालमा ३७ हजार ५ सय ९९ सक्रिय संक्रमित आइशोलेशन र ३३७ जना क्वारेन्टाइनमा छन् ।
त्यस्तै हालसम्म नेपालमा ३८ हजार ७७ हजार ४ सय ६९ वटा पिसिआर र ४ लाख ५४ हजार ६९४ वटा एन्टीजेन परिक्षण गरिएको छ । त्यस्तै हालसम्म नेपालमा ५० लाख ६३ हजार ५ सय २२ जनाले पहिलो मात्रा र ४० लाख ५२ हजार ७ सय ६५ जनो कोरोनाको दोश्रो मात्रा लगाएको मन्त्रालयले जनाएको छ ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ