काठमाडौं, ११ भदौ।नेपाल क्रिकेट टोलीका मुख्य प्रशिक्षक डेभ ह्वाटमोरले राजिनामा दिएका छन् ।
शुक्रबार भारतीय समाचार संस्था न्यूज नाइनले आफ्नो आधिकारीक ट्विटर ह्यान्डलमा ह्वाटमोरले मुख्य प्रशिक्षकबाट राजिनामा दिएको बताएको हो । न्यूज नाइनले ह्वाटमोरको व्यवस्थापक कम्पनी फर्स्ट स्पोर्टस इभेन्ट वानलाई उदृत गर्दै राजीनामा दिएको पुष्टि गरेको छ ।हाल ओमानमा रहेका ह्वाटमोरले भने यो विषयमा कुनै प्रतिक्रिया दिएका छैनन् । यस बिषयमा क्यानलेसमेत आधिकारिक धारणा राखेको छैन ।ओमानमा आईसीसी विश्वकप क्रिकेट लिग टु का लागि ओमानमा रहेको नेपाली टिमको प्रशिक्षण दिइरहेका बेला उनको राजीनामाको कुरा सार्वजनिक भएको हो ।
गत डिसेम्बरमा खुल्ला छनोटबाट १ वर्षका लागि नेपाली राष्ट्रिय टिमको मुख्य प्रशिक्षकमा चयन भएका अनुभवी प्रशिक्षक ह्वाटमोर करिब एक महिनापछि मात्रै नेपाल आएका थिए । ह्वाटमोर नेपाल आएको नौ महिनामा नै छोड्ने निर्णयमा पुगेका हुन् । उनी ओमानमा हुने सिरिज सकिएपछि नेपाली टिम छोड्ने बताइएको छ ।
ह्वाटमोर आएपछि नेपालले पहिलो पटक विदेशी भूमिमा प्रतियोगिता खेल्न लागेको छ । उनको प्रशिक्षणमा नेपालले घरेलु मैदानमा त्रिकोणात्मक टी २० क्रिकेट प्रतियोगिता खेलेको थियो । जसमा नेपाल च्याम्पियन नै बनेको थियो ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ