काठमाडौं ,नेपाल निर्माण व्यवसायी महासंघका महासचिव रामशरण देउजाले महासंघका अध्यक्ष शरदकुमार गौचनका हत्यारालाई सरकारले तत्काल पक्राउ नगरे मुलुकभर विकास निर्माणका काम ठप्प पार्ने चेतावनी दिएका छन् । महासचिव देउजाले बुधबार साँझसम्म हत्यारालाई पक्राउ गर्न सरकारलाई समय दिएको बताए । उनले हत्यामा संलग्नलाई पक्राउ नगरिएसम्म त्रिवि शिक्षण अस्पतालमा राखिएको गौचनको शव पनि नबुझ्ने जानकारी गराए । महासंघ अध्यक्ष गौचनको काठमाडौं,शान्तिनगरस्थित घरबाट निस्कनेबित्तिकै गोली हानी हत्या गरिएको थियो।राजधानीमा मंगलबार आयोजित एक कार्यक्रममा महासचिव देउजाले अध्यक्ष गौचनको हत्यासँगै महासंघका अन्य पदाधिकारीलाई पनि नम्बर नखुलेका टेलिफोनबाट धम्कीपुर्ण शैलीमा पैसा माग्ने काम भइरहेको बताए । उनले महासंघका अन्य पदाधिकारीको सुरक्षा प्रवन्ध गर्न पनि सरकारसँग माग गरे ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ