काठमाडौँ, १२ भदौ।नेपालमा शनिबार थप १ हजार ८ सय ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
देशभर गरिएको ९ हजार ४ सय ९ पिसिआर परिक्षणका क्रममा १ हजार ५ सय १६ जना र ३ हजार ७ सय ६७ एन्टीजेन परिक्षणका क्रममा ३ सय ४१ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ८ लाख ४० हजार ८०५ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप २७ जनाको मृत्यु भएको छ । हालसम्म कोरोनाका कारण १० हजार ६ सय ९० जनाले ज्यान गुमाएको मन्त्रालयले जनाएको छ । त्यस्तै थप दुई हजार २ सय २२ संक्रमित निको हुँदा हालसम्म ७ लाख १० हजार ४५२ संक्रमित कोरोनामुक्त भएका छन् ।
हाल नेपालमा ३६ हजार ८६६ सक्रिय संक्रमित आइशोलेशनमा र ३४६ जना क्वारेन्टाइनमा छन् । हालसम्म नेपालमा ३८ लाख ८६ हजार ८७८ वटा पिसिआर र ४ लाख ५८ हजार ४६१ वटा एन्टीजेन परिषण गरिउको मन्त्रालयले जनाएको छ ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ