काठमाडौं, १३ भदौ।नेपालमा आइतबार थप १ हजार ३ सय ८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
देशभर गरिएको ७ हजार २ सय ५९ पिसिआर परिक्षणका क्रममा १ हजार २ सय १४ जना र ३ हजार ३८ एन्टीजेन परिक्षणका क्रममा १ सय ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ८ लाख ४२ हजार १ सय ९३ पुगेको छ ।त्यस्तै कोरोनाका कारण थप २४ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोनाका कारण १० हजार ७ सय १४ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै थप २ हजार २ सय ६० जना कोरोनामुक्त हुँदा नेपालमा अहिलेसम्म ७ लाख १२ हजार ७ सय १२ जना संक्रमणमुक्त भएका छन् ।
हाल नेपालमा ३५ हजार ७ सय ९६ सक्रिय संक्रमित आइशोलेशन र ३४३ जना क्वारेन्टाइनमा छन् भने हालसम्म नेपालमा ३८ लाख ९४ हजार १ सय ३७ वटा पिसिआर र ४ लाख ६१ हजार ४ सय ९९ वटा एन्टीजेन परिक्षण गरिएको मन्त्रालयले जानकारी दिएको छ ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ