काठमाडौं, १३ भदौ।अर्जेन्टिनी स्टार लियोनल मेस्सीले फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मन (पिएसजी)बाट आज डेब्यु गर्ने भएका छन् ।
आइतबार राती घरेलु मैदानमा हुने खेलमा मेस्सीले राइम्सविरुद्ध डेब्यु गर्ने भएका हुन् । खेल अघि पीएसजीले सार्वजनिक गरेको अन्तिम २२ खेलाडीको नाममा मेस्सी समेटिएका हुन् । खेल नेपाली समयअनुसार आइतबार मध्यराति साढे १२ बजे सुरु हुनेछ ।मेस्सीसँगै नेयमार र केलियन एम्बाप्पेसमेत लिष्टमा छन् । तिनै खेलाडीले पीएसजीको अट्याकिङ लाइन समाल्ने अनुमान गरिएको छ । अर्का स्ट्राइकर इकार्डीले चोट बोकेपछि मेस्सी राइम्सविरुद्ध देखिने भएका हुन् ।
तर, अर्जेन्टिनालाई कोपा अमेरिकाको उपाधि जिताएपछि मैदान नउत्रिएका मेस्सी सुरुवाती ११ मै खेल्नेमा भने शंका रहेको छ । पूर्णरुपमा फिट नभएकाले मेस्सी दोस्रो हाफमा डेब्यु गर्न सक्छन् ।उनी सुरुवाती ११ मै खेलेर पनि मैदान छाड्न सक्छन् । मेस्सीले अन्तिमपटक कोपा उपाधि जित्दा ११ जुलाईमा खेलेका थिए ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ