सत्य, निष्पक्ष र खोजमुलक समाचार
शनिवार, ५ बैशाख २०८३ / Saturday, 18 April 2026

भारतमा थप ४२ हजार सङ्क्रमित    

प्रकाशित समय: सोमवार, ०३ : ३८ बजे भदौ १४ गते



भारतमा थप ४२ हजार सङ्क्रमित    

नयाँदिल्ली।भारतमा कोरोना भाइरसबाट थप झण्डै ४३ हजार जना कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् ।     
     
 सरकारी अधिकारीहरुले सोमबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा ४२ हजार ९०९ जना नयाँ सङ्क्रमित भएका थिए । सोही अवधिमा ३८० जनाको मृत्यु भएको पनि केन्द्रीय स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । पछिल्लो २४ घण्टामा देशभरि सङ्क्रमितमध्ये केरालामा मात्रै २८ हजार ८३६ जना सङ्क्रमित भएको अधिकारीहरुले जनाएका छन् । सोही अवधिमा केरलामा ७५ जनाको मृत्यु भएको छ ।     
     
 कोरोना भाइरसबाट सङ्क्रमित भएकामध्ये अहिलेसम्म चार लाख ३८ लाख २१० जनाको मृत्यु भएको छ । तीमध्ये ३८० जनाको पछिल्लो एक दिनमा मृत्यु भएको हो । प्रदेशअनुसार हेर्दा एक दिनमा सबैभन्दा बढी महाराष्ट्रमा मानवीय क्षति भएको छ । महाराष्ट्रमा १३१ जनाको मृत्यु भएको छ भने ओडिसामा ६७ जना र अरु प्रदेशहरुमा १०७ मृत्यु भएको अधिकारीहरुले जनाएका छन् । भारतमा अहिलेसम्म कूल तीन करोड २६ लाख ९५ हजार ३० जना सङ्क्रमित भएका मन्त्रालयले जनाएको छ । कूल सङ्क्रमितमध्ये तीन लाख ७६ हजार ३२४ जना अहिले पनि सङ्क्रमित अवस्थामै रहेका छन् । यो सङ्ख्या कूल सङ्क्रमितमध्येको १.१५ प्रतिशत हो ।     
     
 अहिलेसम्म कूल तीन करोड १९ लाख २३ हजार ४०५ जना कोरोना भाइरसबाट सङ्क्रमणमुक्त भएका छन् । तीमध्ये ३४ हजार ७६३ जना पछिल्लो २४ घण्टामा सङ्क्रमणमुक्त भएका हुन् ।रासस