सत्य, निष्पक्ष र खोजमुलक समाचार
शनिवार, ५ बैशाख २०८३ / Saturday, 18 April 2026

सिन्धुपाल्चोक पुर्ण खाेप सुनिश्चित जिल्ला

प्रकाशित समय: आइतवार, ०९ : ३५ बजे आश्विन २९ गते



सिन्धुपाल्चोक पुर्ण खाेप सुनिश्चित जिल्ला

सिन्धुपाल्चोक, २९ असोज सिन्धुपाल्चोक जिल्लालाई अाजबाट पुर्ण खाेप सुनिश्चित जिल्ला घाेषणाा गरिएको छ । जिल्ला स्वास्थ कार्यलयमा अायाेजित एक कार्यक्रममा  पुर्ण खाेप सुनिश्चित जिल्ला  घाेषणा गरिएको हाे ।

जिल्ला समन्वय समितिका अध्यक्ष कृष्ण गाेपाल तामाङले जिल्लामा रहेका २३ महिना भित्रका सम्पुर्ण बालबालिकाहरुले सम्पूर्ण खाेप प्राप्त गरेको सुनिश्चितता भएकाले जिल्लालाई पुर्ण खाेप सुनिश्चित जिल्ला घाेषणा गरेकाे घाेषणा गर्नुभयाे । उक्त घाेषणा सभामा उपस्थित सम्पुर्णलाई समितिका अध्यक्ष तामाङले पुर्ण खाेप सुनिश्चित घाेषणा कार्यान्वयनलाई अागामी दिनमा दिगाे बनाउन सपथ खुवाउनुभएकाे थियाे ।

घाेषणा सभाका प्रमुख अतिथि स्वास्थ मन्त्रालयकी सचिव डा. किरण रेग्मीले पुर्ण खाेप सुनिश्चित घाेषणा हुनुका पछाडि मानिसको अार्थिक अवस्था , शैक्षिक अवस्था , चेतनाकाे स्तरमा पनि वृद्धि भएको बताउनुभयाे ।झट्ट हेर्दा याे घाेषणा सामान्य जस्तो लागेपनि यसले स्वास्थ क्षेत्रमा ठुलाे फड्काे मारेको डा. रेग्मीले  बताउनुभयाे ।

कार्यक्रममा बाेल्दै निमित्त प्रमुख जिल्ला अधिकारी प्रल्हाद पाेखरेलले पुर्ण खाेप सुनिश्चित हुनुमा स्वयंसेविका दिदीबहिनीकाे ठुलो हात रहेकाे बताउनुभयो । देशभर पुर्ण खाेपमुक्त जिल्लामा सिन्धुपाल्चोक २९ अाै मा परेकाे छ ।

नेपाल सरकारले २०१७ भित्र देशलाई पुर्ण खाेप सुनिश्चित गर्ने कार्यक्रम अनुरुप याे घाेषणासभा भएको हाे जिल्ला जनस्वास्थ्य कार्यलयका प्रमुख सुरेन्द्र प्रसाद चाैरासियाले जानकारी दिनुभयो । सिन्धुपाल्चोकमा वि.सं  २०७१ देखि साविकका गाविसमा पुर्ण खाेप सुनिश्चित कार्यक्रम सुरु भएको थियाे ।

वि.सं २०७२ मा  अाएकाे भुकम्पपछि याे राेकिएपनि सुचारु भई अाज जिल्ला नै पुर्ण खाेप सुनिश्चित जिल्ला भएको पनि  जनस्वास्थ्य कार्यलयले जनाएको छ ।