काठमाडौं, १५ भदौ।नेपालमा मंगलबार थप १ हजार ६ सय ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
देशभर गरिएको ९ हजार १ सय १७ पिसिआर परिक्षणका क्रममा १ हजार ५ सय २३ जना र ३ हजार १ सय ५ एन्टीजेन परिक्षणका क्रममा १ सय ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ८ लाख ४६ हजार १५२ पुगेको छ । त्यस्तै थप २० जनाको कोरोनाका कारण मृत्यु भएको छ । यो संगै नेपालमा कोरोनाका कारण १० हजार ७५० संक्रमितले ज्यान गुमाएका छन् । त्यस्तै थप १ हजार ७ सय ८६ संक्रमित कोरोनामुक्त हुँदा हालसम्म नेपालमा ७ लाख १६ हजार ३०६ संक्रमित कोरोनामुक्त भएका छन् ।
हाल ३५ हजार ५ सय ९१ सक्रिय संक्रमित आइशोलेशन र ३२९ जना क्वारेन्टाइनमा छन् । हालसम्म नेपालमा ३९ लाख १५ हजार १४६ वटा पिसिआर र ४ लाख ६८ हजार ९ सय ४५ वटा एन्टीजेन परिक्षण गरिएको मन्त्रालयले जनाएको छ ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ