काठमाडौं, १५ भदौ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बालबालिकालाई नियमित खोप लगाउन आग्रह गरेको छ । मन्त्रालयले एक सूचना जारी गर्दै १५ महिनाभन्दा मुनीका बालबालिकालाई नियमित विभिन्न रोगविद्धको खोप लगाउन आग्रह गरेको हो ।
मन्त्रालयले महामारीको समयमा धेरै अभिभावकले बालबालिका लागि दिनुपर्ने खोप नदिएको पाइएकाले खोप नछुटाई दिन अनुरोध गरेको हो ।मन्त्रालयले नियमित खोप नलगाउँदा दीर्घकालिन रूपमा विभिन्न संक्रामक रोगको संक्रमण, मृत्युदर र अपाङ्ग हुने दर बढ्ने भएकोले बालबालिकालाई उमेर अनुसारको नियमित खोप लगाउनुपर्ने जनाएको छ ।
मन्त्रालयले जन्मिन वित्तिकै विसिजी खोप, ६ हप्ताभित्रमा रोटा, पोलियो, एफआइपिभि, पिसिभि, डिपिटी, हेप बी–हिब, नौ महिनामा पिसिभि, दादूरा–रूवेला, १२ महिनामा जापानीज इन्सेफ्लाइटिस र १५ महिनामा दादुरा–रूवेला खोप लगाउन भनेको छ ।
मन्त्रालयले कोभिड–१९ को बन्दाबन्दी (लकडाउन)का बीचमा पनि नियमित खोप सञ्चालन भएको जनाएको छ ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ