काठमाडौं, १६ भदौ।फ्रान्सेली स्ट्राइकर एन्टेनियो ग्रिजम्यान पूर्वक्लब एथ्लेटिको म्याड्रिड फर्किएका छन् । साविक ला लिगा विजेता एथ्लेटिको म्याड्रिडले ग्रिजम्यानलाई बार्सिलोनाबाट एक वर्षका लागि भित्र्याएको हो ।
आर्थिक समस्यामा गुज्रिरहेकाे बार्सिलोनाले ग्रिजम्यानसहित ११ खेलाडी गुमाएको छ । यसअघि लियोनल मेस्सीसमेत बार्सिलोना छाड्दै पेरिस सेन्ट जर्मेन (पिएसजी) पुगिसकेका छन्। ३० वर्षीय स्ट्राइकर ग्रिजम्यानले बार्सिलोनामा एक सय दुई खेल खेल्दै ३५ गोल गरेका थिए । ग्रिजम्यानले बार्सिलोनामा रहँदा 'कोपा डेल रे'को मात्रै उपाधि हात पारे ।
यसअघि एथ्लेटिकोबाट सन् २०१९ मा बार्सिलोना जानु अघि ग्रिजम्यानले दुई सय ५७ खेल खेल्दै एक सय ३३ गोल गरेका थिए । ग्रिजम्यानले अब बार्सिलोनाका पूर्वसहकर्मी लुईस स्वारेजसँगै अग्रपंक्तिमा भूमिका निर्वाह गर्नेछन् ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ