सत्य, निष्पक्ष र खोजमुलक समाचार
शनिवार, ५ बैशाख २०८३ / Saturday, 18 April 2026

नेपाल र भारतबीचको मैत्रीपूर्ण फुटबल खेल दर्शकले रंगलशाला पुगेर हेर्न पाउने

प्रकाशित समय: बुधवार, ०१ : ०४ बजे भदौ १६ गते



नेपाल र भारतबीचको मैत्रीपूर्ण फुटबल खेल दर्शकले रंगलशाला पुगेर हेर्न पाउने

काठमाडौं, १६ भदौ।नेपाल र भारतबीचको मैत्रीपूर्ण फुटबल खेल दर्शकले रंगशाला पुगेर खेल हेर्न पाउने भएका छन् ।

 

नेपाल सरकारले दुई देशबीच हुने मैत्रीपूर्ण फुटबल खेल हेर्न दर्शक प्रवेशलाई स्वीकृत दिएसँगै यसको तयारी थालिएको अखिल नेपाल फुटबल संघ (एन्फा) अध्यक्ष कर्मा छिरिङ शेर्पाले जानकारी दिए ।उनकाअनुसार पाँच हजार एक सय दर्शक रंगशाला पुगेर खेल हेर्न सक्नेछन् । तर, दर्शकले कोरोनाविरुद्धको दुवै डोज खोप भने लगाएको हुनुपर्नेछ । यस्तै पीसीआर रिपोर्ट भएका दर्शकलाई पनि मैदान छिर्न दिने एन्फाले बताएको छ ।

टिकट दर भने अहिलेसम्म तय भएको छैन । बैठक बसेर टिकटको दर तोक्ने तयारी एन्फाले गरेको छ । खेल भोलि बिहीबार साँझ ५ बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ ।