असोज ३० काठमाडौं । ११ दिनदेखि अनसनरत डाक्टर गोविन्द केसीको स्वास्थ्य गल्दै गएको छ । प्रतिदिन स्वास्थ्य अवस्था कमजोर बन्दै जानु र शरीरले स्लाइन पानी समेत बेलाबखत नलिएपछि चिकित्सकहरु चिन्तित बनेका छन् ।
मेडिकल टीम टी संयोजक डाक्टर दिव्या सिंहका अनुसार डाक्टर केसीको स्वास्थ्य अवस्था निकै जटिल मोडमा पुगेको छ । केसीको मुटुको चाल गडबड भइरहेको छ उनले भनिन् ।
सेतो रक्तकोषिकाको मात्रा धेरै कमजोर भएको छ । संक्रमणको खतरा बढी देखिएको छ सेतो रक्तकोषिकाको मात्रा चार हजारभन्दा तल झार्नुलाइ खतरा मानिन्छ । चिकित्सकहरुका अनुसार केही सेतो रक्तकोषिकाको मात्रा अहिले तीन हजारमा झरेको छ शरीरको रक्तचाप र सेतो रक्तकोषिकाको मात्रा कम हुँदा जटिल अवस्था निम्त्याउन सक्ने डाक्टर सिंह को भनाइ छ ।
यस्तो जटिल अवस्था देखेपछि डाक्टर केसीलाई आइसियुमा सारिएको छ। यो समाचार हामीले नयाँ पत्रिका बाट लिएका हौँ ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ