काठमाडौं, १७ भदौ।नेपालमा बिहीबार थप दुई हजार चार जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
देशभर गरिएको १० हजार ६ सय ५८ पिसिआर परिक्षणका क्रममा १ हजार ६ सय १९ जना र ३ हजार ९ सय ९२ एन्टीजेन परिक्षणका क्रममा ३८५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ८ लाख ४८ हजार २०८ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप १६ जनाको मृत्यु भएको छ । नेपालमा हालसम्म कोरोनाका कारण १० हजार ७८६ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । त्यस्तै थप १ हजार ८ सय ४६ संक्रमित कोरोनामुक्त हुँदा हालसम्म नेपालमा ७ लाख २१ हजार १ सय ८२ संक्रमित कोरोनामुक्त भएका छन् ।
हाल नेपालमा ३३ हजार ९ सय ४६ सक्रिय संक्रमित आइशोलेशन र ३०२ जना क्वारेन्टाइनमा छन् । हालसम्म ३९ लाख ३६ हजार ४ सय १६ वटा पिसिआर र ४ लाख ७७ हजार २ सय ६० वटा एन्टीजेन परिक्षण गरिएको मन्त्रालयले जानकारी दिएको छ ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ