काठमाडौं, १७ भदौ।नेपाल-भारत पहिलो मैत्रीपूर्ण खेल बराबरीमा सकिएको छ ।
बिहीबार दशरथ रंगशालामा भएको खेलमा नेपाल र भारतले १-१ गोलको बराबरी खेलका हुन् । सुरुवाती गोल गरेको नेपाल अग्रता जोगाउन नसक्दा बराबरीमा चित्त बुझाउन बाध्य भयो ।नेपालको लागि अन्जन बिष्टले गोल गर्दा भारतका लागि अनिरुद्ध थापाले बराबरी गोल गरे ।खेलमा अग्रता भने नेपालले बनायो । नेपालका अन्जन बिष्टले खेलको ३६ मिनेटमा गोल गर्दै सुरुवाती अग्रता दिलाए ।
भारतका डिफेण्डर चिङ्लेन्साना सिङ कोन्साम र गोलकिपर गुरप्रीत सिंहको समन्वय अभावमा अन्जनले बल खोस्दै खाली पोस्टमा गोल गरेका हुन् ।दोस्रो हाफको ६१ मिनेटमा भारतका अनिरुद्ध थापाले खेल बराबरीमा पुर्याए । भारतका कप्तान सुनिल क्षेत्रीले प्रहार गरेको बल नेपालका कप्तान तथा गोलरक्षक किरणकुमार लिम्बूले पन्च गरे पनि गोल लाइनबाट अनिरुद्धले जाली चुमाएका हुन् ।
पहिलो हाफमा नेपालले गोलसँगै बल पोजिसनमा समेत पकड जमाएको थियो । भारतले पहिलो हाफमा कुनै पनि अवसर बनाउन सकेन । नेपालले भने दुई अवसर बनायो ।यता, दोस्रो हाफमा भने भारतले सुरुवातमै तीन खेलाडी परिवर्तन गर्दै खेल आफ्नो नियन्त्रणमा लियो । बाँकी समयमा दुवै टोलीले अवसर बनाए पनि कुनै गोल हुन सकेन ।
नेपाल र भारतबीचको दोस्रो मैत्रीपूर्ण खेल आइतबार हुनेछ ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ