सत्य, निष्पक्ष र खोजमुलक समाचार
सोमवार, ७ बैशाख २०८३ / Monday, 20 April 2026

विश्वकप छनोट : ब्राजिलको लगातार सातौं जित

प्रकाशित समय: शुक्रवार, ०९ : ४५ बजे भदौ १८ गते



विश्वकप छनोट : ब्राजिलको लगातार सातौं जित

काठमाडौं, १८ भदौ।फिफा विश्वकप छनोटअन्तर्गत दक्षिण अमेरिकी छनोट खेलमा ब्राजिलले लगातार सातौं जित निकालेको छ ।

 

शुक्रबार बिहान भएको खेलमा कोपा अमेरिकी उपविजेता ब्राजिलले चिलीलाई १–० गोल अन्तरले पराजित गर्दै शतप्रतिशत जित निकालेको हो ।ब्राजिलको जितमा एभर्टन रिबिरोले निर्णायक गोल गरे । उनले एकल प्रयासमा खेलको ६४ औं मिनेटमा गोल गरे ।

मिडफिल्डर कासेमिरोको कप्तानीमा मैदान उत्रिएको ब्राजिलले जितसँगै सात खेलबाट सात जितसहित २१ अंक जोडेको छ । ब्राजिल अंक तालिकाको शीर्ष स्थानमा रहेको छ ।
आइतबार बिहान भेनेजुयलालाई ३–१ गोल अन्तरले पराजित गर्दै अर्जेन्टिना दोस्रो स्थानमा छ । १२ अंक जोडेको इक्वेडर तेस्रो स्थानमा रहँदा समान ९ अंक बनाएका उरुग्वे र कोलम्बिया क्रमशः चौथो र पाँचौं स्थानमा छन् ।

यस्तै, पाराग्वे, चिली, बोलिभिया, पेरु र भेनेजुयला क्रमशः छैठौं स्थानबाट १० औं स्थानमा छन् ।एजेन्सी