काठमाडौं, २० भदाै ।नेपालमा आइतबार थप १ हजार ८९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
देशभर गरिएको ५ हजार १ सय ७० पिसिआर परिक्षणका क्रममा ९ सय ७६ र २ हजार ८ सय १ एन्टीजेन परिक्षणका क्रममा १ सय १३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ८ लाख ५४ हजार ३ सय २१ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप २० जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोनाका कारण १० हजार ८ सय ३८ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।
त्यस्तै थप १ हजार ५ सय ३४ संक्रमित कोरोनामुक्त हुँदा हालसम्म ७ लाख २७ हजार १ सय ८५ संक्रमित कोरोनामुक्त भएका छन् । हाल ३१ हजार २ सय ४८ सक्रिय संक्रमित आइशोलेन र २ सय ६६ जना क्वारेन्टाइनमा छन् । हालसम्म नेपालमा ३९ लाख ५८ हजार १ सय १२ वटा पिसिआर र ४ लाख ८७ हजार ४ सय ४४ वटा एन्टीजेन परिक्षण गरिएको मन्त्रालयले जनाएको छ ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ