सत्य, निष्पक्ष र खोजमुलक समाचार
शनिवार, ५ बैशाख २०८३ / Saturday, 18 April 2026

थप १,८९७ जनामा कोरोना संक्रमण पुष्टि, २० जनाको मृत्यु

प्रकाशित समय: सोमवार, ०५ : ०२ बजे भदौ २१ गते



थप १,८९७ जनामा कोरोना संक्रमण पुष्टि, २० जनाको मृत्यु

काठमाडौं, २१ भदौ ।नेपालमा सोमबार थप १ हजार ८ सय ९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

 

देशभर गरिएको ११ हजार ६ सय ९ पिसिआर परिक्षणका क्रममा १ हजार ४ सय ८८ र ४ हजार ३ सय ७० एन्टीजेन परिक्षणका क्रममा ४०९ जनामा कोरोना जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ८ लाख ५६ हजार २ सय १८ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप २० जनाको मृत्यु भएको छ ।

हालसम्म नेपालमा कोरोनाका कारण १० हजार ८ सय ५८ जनाले ज्यान गुमाएका छन् । त्यस्तै थप १ हजार ७ सय ४३ संक्रमित कोरोनामुक्त हुँदा हालसम्म नेपालमा ७ लाख २८ हजार ९ सय २८ संक्रमित निको भएका छन् ।

हाल नेपालमा ३० हजार ९ सय ७३ संक्रमित आइशोलेशन र २ सय ६० संक्रमित क्वारेन्टाइनमा छन् । त्यस्तै हालसम्म ३९ लाख ६९ हजार ७ सय २१ पिसिआर र ४ लाख ९२ हजार १ सय १४ वटा एन्टीजेन परिक्षण गरिएको मन्त्रालयले जनाएको छ ।