सत्य, निष्पक्ष र खोजमुलक समाचार
शनिवार, ५ बैशाख २०८३ / Saturday, 18 April 2026

धादिङ दुर्घटनामा मृत्यु हुनेको संख्या ३१ ,मृतकको नामावली सहित

प्रकाशित समय: शनिवार, ०३ : ४५ बजे कार्तिक ११ गते



धादिङ दुर्घटनामा मृत्यु हुनेको संख्या ३१ ,मृतकको नामावली सहित

धादिङ, ११ कात्तिक । धादिङमा  भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या ३१  पुगेको छ ।

सप्तरीको राजविराजबाट काठमाडौं आउँदै गरेको ना ६ ख १४६७ नम्बरको बस  गजुरी गाउँपालिका ५ बांगेमोडबाट त्रिशुली नदीमा खस्दा ११ पुरुष, १० महिला र ९ बालबालिकाको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय धादिङले जानकारी दिएको छ ।

प्रशासकीय अधिकृत राममणि मिश्रका अनुसार मृत्यु भएका १२ जनाको सनाखत भएको छ । घाइतेहरुका अनुसार बसमा ६४ यात्रु थिए ।

बसले थिचेको हुनसक्ने आशंकामा अन्यको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । नदीमा डुबेको बसलाई क्रेनको सहायताले बाहिर निकाल्ने प्रयास भइरहेको छ । हलसम्म १२ जनाको सनाखत भएको प्रहरीले जनाएको छ ।

सनाखत भएकाहरू मध्ये १० जना सप्तरी जिल्लाका रहेका छन् भने एक जना सिरहा र एक जना भारतीय नागरिक रहेका छन ।

हालसम्म सनाखत भएका १२ जना मृतकको नामावली

  • नरेश मुखिया – सप्तरी
  • शुसान चौधरी – सप्तरी
  • रमानन्द यादव – सप्तरी
  • संजित कुमार झा – सप्तरी
  • सिम्मी कुमारी झा – सप्तरी
  • आदित्य यादव – सप्तरी
  • ममता देवी ठाकुर – मधुवनी बिहार ईन्डिया
  • राज कपुर यादब – सिरहा
  • पार्वती चौधरी – सप्तरी
  • चन्द्रिका प्रमाणी – सप्तरी
  • मन्जित कुमार झा – सप्तरी
  • चन्द्रावती झा – सप्तरी