सत्य, निष्पक्ष र खोजमुलक समाचार
शनिवार, ५ बैशाख २०८३ / Saturday, 18 April 2026

थप १,१४६ जनामा कोरोना संक्रमण पुष्टि, २१ को मृत्यु

प्रकाशित समय: शुक्रवार, ०४ : १९ बजे भदौ २५ गते



थप १,१४६ जनामा कोरोना संक्रमण पुष्टि, २१ को मृत्यु

काठमाडौं, २५ भदौ।नेपालमा शुक्रबार थप १ हजार १ सय ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

 

देशभगर गरिएको ८ हजार ५ सय ४९ पिसिआर परिक्षणका क्रममा ९ सय ६१ र २ हजार ३ सय ६७ एन्टीजेन परिक्षणका क्रममा १ सय ८५ जनामा कोरोना पुष्टि भएको हो । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ८ लाख ६१ हजार ९ सय ५२ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप २१ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा १० हजार ९ सय २४ संक्रमितको कोरोनाका कारण मृत्यु भएको छ ।

त्यस्तै थप १ हजार ६ सय ६० संक्रमित निको हुँदा हालसम्म नेपालमा ७ लाख ३६ हजार ६ सय ६६ संक्रमित कोरोनामुक्त भएका छन् । हाल २७ हजार ९ सय ५८ सक्रिय संक्रमित आइशोलेशनमा रहदा २ सय ५२ जना क्वारेन्टाइनमा छन् ।