एजेन्सी ,विश्वका सबैभन्दा धनी व्यक्ति जेफ बेजोस बन्न सफल भएका छन् । फोब्र्स पत्रिकाको रिपोर्ट अनुसार विश्वको सबैभन्दा ठूला अनलाइन कारोबार गर्ने कम्पनी चलाएका बेजोस विश्वका धनी व्यक्तिको सूचीमा पहिलो नम्बरमा रहेका छन् । माइक्रोसफ्ट कम्पनीका संस्थापक बिल गेट्सलाई पछि पार्दै बेजोस पहिलो भएका हुन् । अमेजन कम्पनीको शेयर मूल्यमा भएको २ प्रतिशतको बढोत्तरीसँगै बेजोसको कूल सम्पत्ति ९० करोड डलरले बढ्दै ९० अर्ब ६० करोड पुगेको छ ।
यसअघि पहिलो स्थानमा रहेका गेट्सको सम्पत्ति चाहिँ ९० अर्ब १० करोड डलर रहेको छ । यद्यपि, गेट्सलाई पछि पार्दै बेजोस विश्वकै सबैभन्दा धनी व्यक्ति बनेको यो पहिलोपटक होइन ।
गत जुलाई महिनामा पनि अमेजनको शेयर मूल्यमा भारी बढोत्तरीसँगै बेजोसले बिल गेट्सलाई पछि पार्दै विश्वको सबैभन्दा धनी मानिस बनेका थिए । तर उनको त्यो ताज एक दिन पनि टिकेन र शेयर मूल्यमा भएको गिरावटसँगै केही घन्टामै उनी दोस्रो स्थानमा झरिहाले । जुलाई महिनामा बेजोसको सम्पत्ति ९० अर्ब ९० करोड पुगेको थियो ।
यो वर्षमात्रै बेजोसको सम्पत्ति १० अर्ब २० करोडले थपिएको छ भने नोभेम्बर ८ मा डोनाल्ड ट्रम्प अमेरिकी राष्ट्रपति बनेयता मात्रै बेजोसको सम्पत्तिमा ७ अब डलरको बढोत्तरी भएको छ । सन १९९८ मा पहिलोपटक बेजोस अमेरिकाका सबैभन्दा धनी ४ सय व्यक्तिको सूचिमा परेका थिए । अमेजन कम्पनी सार्वजनिक कम्पनी बनेको एक वर्षपछि नै उनी अर्बपतिको सूचिमा परे र त्यतिबेला उनको सम्पत्ति १ अर्ब ६० करोड थियो ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ