सत्य, निष्पक्ष र खोजमुलक समाचार
शनिवार, ५ बैशाख २०८३ / Saturday, 18 April 2026

थप ९९४ जनामा कोरोना संक्रमण पुष्टि, १,३६८ संक्रमित कोरोनामुक्त

प्रकाशित समय: शनिवार, ०५ : ३२ बजे भदौ २६ गते



थप ९९४ जनामा कोरोना संक्रमण पुष्टि, १,३६८ संक्रमित कोरोनामुक्त

काठमाडौँ, २६ भदौ।नेपालमा शनिबार थप ९९४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

 

देशभर गरिएको ६ हजार १ सय ३७ पिसिआर परिक्षणका क्रममा ७ सय ७७ जना र ३ हजार ७ सय ३ एन्टीजेन परिक्षणका क्रममा २ सय १७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै कोरोनाका कारण थप १२ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा १० हजार ९ सय ३६ जनाका कोरोना संक्रमितको मृत्यु भएको छ ।

त्यस्तै थप १ हजार ३ सय ६८ संक्रमित कोरोनामुक्त हुँदा हालसम्म नेपालमा ७ लाख ३८ हजार ३४ संक्रमित कोरोनामुक्त भएका छन् । हाल २७ हजार ३ सय ५५ सक्रिय संक्रमित आइशोलेशन र ३ सय १७ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।