सत्य, निष्पक्ष र खोजमुलक समाचार
शनिवार, ५ बैशाख २०८३ / Saturday, 18 April 2026

आइडब्लुएफएन कराते टोली ६ स्वर्ण सहित २१ पदक लिएर नेपाल फर्कियो ।

प्रकाशित समय: मगलवार, ०८ : २९ बजे कार्तिक १४ गते



आइडब्लुएफएन कराते टोली ६ स्वर्ण सहित २१ पदक लिएर नेपाल फर्कियो ।

ललितपुर ,कार्तिक १४ । आइडब्लुएफ कराते डो को टोली भारतको हरियाणामा भएको अन्तराष्ट्रिय कराँते प्रतियोगिता सकेर नेपाल फर्किएको छ। ललितपुर शाखा बाट विभिन्न प्रतियोगितामा छनौट भई टोली त्यस तर्फ लागेको थियो। अक्टोबर २७ देखि २९ सम्म भएको इन्डो नेपाल अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा नेपाली टोलीले विभिन्न तौल चरणको खेलमा ६ स्वर्ण ११रजत र ४ कास्य पदक सहित २१ पदक जित्न सफल भएको छ। २० केजी तौल तर्फ पुष्पराज नेगी प्रथम भएका छन्। ४० केजी तौलमा मनिस रानामगर, ५५ केजी तौलमा आशिष दराई, दावा छिरिङ घिसिङले पनि प्रथम स्थान हासिल गर्न सफल भए। दोस्रो स्थान हासिल गर्नेमा मनिस राउत ३५ केजी, इन्द्र प्रसाद राजवंशी ४० केजी, सुरेन्द्र थापा ४५ केजी, मनोज सुनार ४५केजी, परशुराम पण्डित ५५ केजी, सुमन बस्नेत ६५ केजी, सुमन थिङ् तामाङ ७५केजी र ज्ञानेन्द्र राजवंशी ८० केजी रहेका छन्। त्यस्तै बिबेक राजवंशी ६५ केजीले तेस्रो स्थान हात पारेका छन्। खुल्ला ताैल तर्फ सोनाम थिङ् दोस्रो भएका छन्। जुनियर काँटा गाेल्डको उपाधि उत्तम लामाले हात पारे। खुल्ला काँटातर्फको खेलमा प्रथम दृतिय र तृतिय क्रमश दावा छिरिङ, शुभ सिलवाल र मनिस राउत भए । उक्त खेलमा टिम असिस्टेन्ट नकुल रानामगरले सम्हालेका थिए। साथै बुद्ध राज नेगी, चिना तामाङ कमल भुजेल र सहदेव राजवंशीले रेफ्रि र सुपरभाइजरको समेत भुमिका निर्वाह गरेको थियो। खेलाडी टोली स्थलमार्ग हुँदै केही दिनमा काठमाडौँ आईपुग्ने रेफ्री बुद्धराज नेगीले बताउनुभयो।