सत्य, निष्पक्ष र खोजमुलक समाचार
शनिवार, ५ बैशाख २०८३ / Saturday, 18 April 2026

नेपालले आज बंगलादेशसँग दोस्रो मैत्रीपूर्ण खेल खेल्दै

प्रकाशित समय: आइतवार, ०९ : २८ बजे भदौ २७ गते



नेपालले आज बंगलादेशसँग दोस्रो मैत्रीपूर्ण खेल खेल्दै

काठमाडौँ, २७ भदौ।नेपाली राष्ट्रिय महिला फुटबल टिमले आज बंगलादेशसँग दोस्रो मैत्रीपूर्ण खेल खेल्दैछ ।

नेपालले घरेलु मैदान त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बंगलादेशसँग आज साँझ ५ बजे प्रतिस्पर्धा गर्नेछ । एएफसी महिला एसियन कप–२०२२ छनोटको तयारीका लागि नेपालले बंगलादेशसँग मैत्रीपूर्ण खेल खेलिरहेको हो । यसअघि बिहीबार भएको पहिलो खेलमा नेपालले २–१ को जित निकालेको थियो । एएफसी महिला एसियन कप–२०२२ छनोट उज्वेकिस्तानमा आयोजना हुनेछ । छनोटमा नेपाल समूह ‘एफ’ मा रहेको छ । नेपालको समूहमा फिलिपिन्स र हङकङ रहेको छ । उज्वेकिस्तानको जेएआर स्टेडियममा नेपालले फिलिपिन्ससँग खेल्दै छनोटको सुरुवात गर्नेछ ।

नेपाल र फिलिपिन्सबीचको खेल असोज २ मा हुनेछ । यस्तै नेपालले दोस्रो खेलमा हङकङको सामना गर्नेछ । उक्त खेल असोज ५ मा हुनेछ । समूहको शीर्ष टोलीले अर्को वर्ष भारतमा हुने एसियन कप खेल्नेछ । एसियन कप जनवरी २० देखि फेब्रुअरी ६ सम्म हुनेछ ।