काठमाडौं, २७ भदौ।नेपालमा आइतबार थप ९ सय ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
देशभर गरिएको ७ हजार ८ सय ७८ पिसिआर परिक्षणका क्रममा ८३८ जना र ३ हजार १ सय ४० एन्टीजेन परिक्षणका क्रममा ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ८ लाख ६८ हजार ८ सय ५७ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप १३ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा १० हजार ९ सय ४९ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् ।
त्यस्तै थप १ हजार ४ सय २३ संक्रमित कोरोनामुक्त हुँदा हालसम्म नेपालमा ७ लाख ३९ हजार ४ सय ५७ जना कोरोनामुक्त भएका छन् । हालसम्म नेपालमा ४० लाख २२ हजार ६१ वटा पिसिआर र ५ लाख ११ हजार ९ सय ८१ वटा एन्टीजेन परिक्षण गरिएको मन्त्रालयले जनाएको छ ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ