सत्य, निष्पक्ष र खोजमुलक समाचार
सोमवार, ७ बैशाख २०८३ / Monday, 20 April 2026

थप १४८६ जनामा कोरोना संक्रमण पुष्टि, १६ जनाको मृत्यु

प्रकाशित समय: सोमवार, ०४ : २७ बजे भदौ २८ गते



थप १४८६ जनामा कोरोना संक्रमण पुष्टि, १६ जनाको मृत्यु

काठमाडौं, २८ भदौ।नेपालमा सोमबार थप १ हजार ४ सय ८६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

 

देशभर गरिएको १२ हजार ५ सय ३२ पिसिआर परिक्षणका क्रममा १ हजार १ सय ४९ जना र ४ हजार ७ एन्टीजेन परिक्षणका क्रममा ३ सय ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ८ लाख ६५ हजार ३ सय ४३ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप १६ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा १० हजार ९ सय ६५ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।

त्यस्तै थप १ हजार २ सय ६० संक्रमित निको हुँदा हालसम्म नेपालमा ७ लाख ४० हजार ७ सय १७ संक्रमित निको भएका छन् । हाल नेपालमा २६ हजार ६ सय ३० सक्रिय संक्रमित आइशोलेशन र २६२ जना क्वारेन्टाइनमा छन् ।